दफा १९९
धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धी विशेष व्यवस्था

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ख्याति प्राप्त कुनै विदेशी नागरिकले दफा १९१ बमोजिमकोकुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न चाहेमा सम्बन्धित देशको राष्ट्रप्रमुख, सरकार प्रमुखवा परराष्ट्र मन्त्रीको औपचारिक सिफारिस सहित बोर्ड समक्ष निवेदन दिन सक्नेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “ख्याति प्राप्त विदेशी नागरिक” भन्नालेदेहायका कुनै व्यक्ति सम्झनु पर्छ :–
(क) विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुख,
(ख) अन्तरराष्ट्रिय अन्तर सरकारी संगठनका प्रमुख,
(ग) नोवेल पुरस्कार विजेता,
(घ) वार्षिक तीन लाख अमेरिकी डलरभन्दा बढी आम्दानी भएको व्यक्ति वा व्यवसायी,
(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमको नाबालकधर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन मनासिब देखेमा बोर्डले सोही व्यहोराको सिफारिस नेपाल सरकार,मन्त्रिपरिषद् समक्ष गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सिफारिस भएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमकोनाबालक धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न स्वीकृति दिन सक्नेछ ।
(४) यस दफा बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने विदेशी नागरिकले त्यसरी धर्मपुत्र वा धर्मपुत्रीको रूपमाग्रहण गरिसकेपछि यस परिच्छेदमा लेखिएका अन्य व्यवस्था पालना गर्नु पर्नेछ ।